विराट गोल्डकपको फाइनलमा आज आयोजक र भारत भिड्दै

विहीबार, १६ चैत्र २०७९
विराटनगर /  विराटनगरमा जारी सातौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा आज (बिहीबार) आयोजक र भारतबीच प्रतिस्पर्धा हुँदैछ ।
उपाधि रक्षाका लागि आयोजक घरेलु टिम विराटनगर सीटी (बीसीएफ) र पाहुना टोली भारतको केरला लुका सरकार क्लब आमनेसामने हुन लागेका हुन् । दुवै टिमले उपाधि कब्जा गर्ने दाबी गरेका छन् । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा शहीद रंगशालामा साँझ ६ः४५ बजेदेखि सुरु हुने छ । विराटनगर ६१ वर्षपछि दोस्रो पटक उपाधि रक्षा गर्ने दाउमा छ ।
भारत पहिलोपटक गोल्डकपको उपाधि हात पार्न चाहन्छ । विभागीय टिम नेपाल पुलिस र जावलाखेललाई हराउँदै विराटनगर उपाधिनजिक पुगेको हो । फाइनल यात्रा तय गर्ने क्रममा भारत संकटा र एपीएफमाथि हाबी भयो । भारतले क्वाटरफाइनलमा संकटा क्लबलाई सडनडेथमा ८–७ र सेमिफाइनलमा साविक विजेता विभागीय टिम एपीएफलाई टाइब्रेकरमा ४–२ गोलले हराएको थियो ।
विराट गोल्डकप चैत ९ गतेदेखि सुरु भएको हो । रात्रिकालीन प्रतियोगिताको विजेताले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार नगद पुरस्कार पाउने छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार