विराटनगरका एक जना पुरुष मृत भेटिए

विहीबार, २४ माघ २०८१
विराटनगर । विराटनगर घर भएका १ जना पुरुष बिहीबार बिहान आफ्नै घरभित्र मृत भेटिएका छन् । प्रहरीका अनुसार विराटनगर महानगरपालिका–३ का ४५ वर्षीय सरोज पोख्रेल घरकै कोठाभित्र मृत फेला परेका हुन् । खाना खाएर बुधबार राति घरको कोठामा सुतेका उनी नउठेपछि परिवारका सदस्य बोलाउन गएका थिए । बोलाउँदा नबोलेपछि परिवारका सदस्यले बिहान ९ बजेतिर प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर हेमराज ओली नेतृत्वको टोली पुगेर हेर्दा सुतेकै ओछ्यानमा पोख्रेल मृत भेटिएका हुन् । उनको मृत्युको कारण खुलेको छैन । कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लगिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार