काठमाडौँ : राष्ट्रिय फोटो पत्रकार समूह नेपालमा आवद्ध भएका देशैभरीका सदस्यहरूले ग्लोबल आइएमई बैंक लिमिटेडको सहयोगमा क्यामरा खरिदको लागि बिना धितो ऋण पाउने भएका छन् ।
आज एक कार्यक्रमबीच बैँकका हेड ट्रान्जेक्सन प्रकाश पौडेल र राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीपराज वन्तबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । क्यामरा खरिदको लागि दुई लाखदेखि ५ लाखसम्म ऋण दिनेगरी सम्झौता भएको हो ।
बैँकले फोटो पत्रकारहरूलाई क्यामरा खरिद गर्न सजिलो किस्ता योजनामा सुविधा उपलब्ध गराउन लागेको हो । ऋण लिनका लागि आवश्यक कागजातहरू नागरिकता, तलब प्रमाणपत्र र आय कागजात, बैंक स्टेटमेन्ट, फोटो र आवेदन फारम संकलन गरी बैंकलाई एनएफपिजेमार्फत समन्वय र सहजीकरण गरिने छ ।
६ महिनादेखि १८ महिनासम्म सरल किस्ताबन्दीमा न्यूरोडस्थित जि एण्ड डी सप्लार्यसवाट फोटो पत्रकारले क्यामरा खरिद गर्न पाउनेछन् ।
क्यामरा खरिदको लागि बिना धितो शून्य व्याजदरमा बैंकले फोटो पत्रकारलाई उक्त ऋण उपलब्ध गराउने भएको हो ।
उक्त हस्ताक्षर कार्यक्रममा बैँकको तर्फबाट रमित कर्मचार्य र एनएफपिजेको तर्फवाट महासचिव घनश्याम श्रेष्ठ रहेका छन् ।
राष्ट्रिय फोटोपत्रकार समूह केन्द्रीय कार्यालयको आधिकारिक सिफारिसको साथै फोटो पत्रकारहरूको संंस्थागत सिफारिसमा क्यामराको लागि ऋण लिन पाउने वन्तले जानकारी दिए ।
प्रतिक्रिया