काठमाडौं : शैक्षिक परामर्श संस्था इन्लाइटन इन्टरनेसनल एजुकेशनले आयोजना गरेको ‘स्टडी अब्रोड बुटक्याम्प ५.०’ कार्यक्रम सम्पन्न भएको छ ।
विदेश जाने विद्यार्थीहरूलाई सहजीकरण गर्ने उद्देश्यका साथ इन्लाइटनले आयोजना गरेको उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।
इन्लाइटनको केन्द्रिय कार्यालय बागबजारमा आयोजित एक दिने ‘स्टडी अब्रोड बुटक्याम्प ५.०’ कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रमबाट अष्ट्रेलिया, न्यूजिल्याण्ड, यूएसए, यूके र क्यानडामा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि आवश्यक परामर्श दिइएको छ ।
सो कार्यक्रममा सोही देशका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरूको सहभागिता रही परामर्श दिइएको इन्लाइटन इन्टरनेसनल एजुकेशनका कार्यकारी अध्यक्ष दीपकराज भुसालले जानकारी दिए ।
विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूको चाहनालाई मध्यनजर गरी गरेको यो कार्यक्रमले विदेशी विश्वविद्यालय र त्यहाँको अवस्था थाहा पाउनका मद्दत गरेको छ ।
‘हामी बजारमा एउटा विश्वासिलो शैक्षिक परामर्श संस्था रूपमा छौं, उच्च शिक्षाको लागि विदेश जान चाहने विद्यार्थीलाई लक्षित गरी सञ्चालन भएको यो कार्यक्रम निकै उपयोगी भएको महसुस गरेका छौं,’ उनले भने ।
भुसालका अनुसार इन्लाइटनले आगामी दिनमा पनि यस्तो कार्यक्रमको आयोजना गर्ने छ । ५ वटा देशका विश्वविद्यालयका प्रतिनिधि सहभागी रहेको यस कार्यक्रममा विद्यार्थीलाई त्यहाँका कलेज र विश्वविद्यालयको प्रत्यक्ष जानकारी दिइएको थियो ।
यो कार्यक्रमले विद्यार्थीलाई विदेशी विश्वविद्यालय छनोट र बुझ्नको लागि निकै सहज बनाएको इन्लाइटनकी कार्यकारी निर्देशक सिता भट्टराईले बताइन् ।
प्रतिक्रिया