इलाम : इलाममा कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।
इलाम नगरपालिका–९, गोल बस्तीका ३२ वर्षे मिलन सुनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । माघ २४ गते साँझ ७ बजेतिर इलाम नगरपालिका–९ मा उनी कुटपिटबाट गम्भीर घाइते भएका थिए ।
उपचारका लागि झापा लैजानेक्रममा कन्याम पुर्याएपछि उनको मृत्यु भएको प्रहरीको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईका अनुसार घाइते सुनुवारको इलाम अस्पतालमा उपचार भएर सामान्य भएपछि डिस्चार्ज गरिएको थियो ।
तर, शुक्रवार बिहान उनले बान्ता गरेपछि थप उपचारका लागि झापा लगिँदै थियो । काम गरेर फर्किँदै गर्दा आफ्नै साथीले कुटपिट गरेपछि सुनुवार गम्भीर घाइते भएका थिए । कुटपिट गर्ने व्यक्ति फरार छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया