गायिका नितु आत्मदाह प्रकरण : गायक बाबुल ३ लाख रुपैयाँ धरौटीमा रिहा

शुक्रबार, ०५ मंसिर २०८२

काठमाडौं । गायिका नितु पौडेलको आत्मदाह घटनामा पक्राउ परेका गायक तथा संगीतकार बाबुल गिरीलाई काठमाडौं जिल्ला अदालतले ३ लाख रुपैयाँ धरौटीमा छोड्ने निर्णय गरेको छ।

नितुको मृत्युपछि बाबुल स्वयं प्रहरीमा उपस्थित भएका थिए। प्रहरीका अनुसार उनले घटनाप्रति आफ्नो गल्ती स्वीकार गरेका छन्।

प्रेम सम्बन्धमा नितुको चाहनालाई गम्भीरतापूर्वक विचार नगरेको कारण घटना भएको भन्ने उनले अदालतमा पनि बताएका छन्।

बाबुल र नितु केही समयदेखि प्रेममा थिए। विवाह नहुने आशंकामा नितुले कात्तिक १ गते अनामनगरस्थित स्टुडियोमै आत्मदाह प्रयास गरेकी थिइन्।

उपचारका क्रममा कात्तिक ७ मा उनको मृत्यु भएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार