सापकोटा कल्याण केन्द्र मोरङको ५ औँ वार्षिक साधारण सभा सम्पन्न 

शनिबार, २६ माघ २०८१
सुन्दरहरैंचा । सापकोटा कल्याण केन्द्र मोरङले आफ्नो ५ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न गरेको छ ।
सुन्दरहरैंचा नगरपालिका ५ स्थित नयाँ वृन्दावन गौशालामा वनभोज कार्यक्रमका साथ केन्द्रले आफ्नो साधारण सभा सम्पन्न गरेको हो ।
केन्द्रका कोशी प्रदेशका अध्यक्ष प्रजापति सापकोटाको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा विभिन्न क्षेत्रमा सफल भएका सापकोटा बन्धुहरूलाई सम्मान समेत गरिएको छ ।
सम्मानित हुनेमा क्यान्सर रोग विशेषज्ञ सुबोध सापकोटा गाईनो क्यान्सर रोग विशेषज्ञ मोना प्रिया दर्शनी सापकोटा, नेपाल प्रहरी प्रदेश कार्यालय धरान सुनसरीका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा लगायत ज्येष्ठ सापकोटा बन्धुहरूलाई समेत सम्मान गरिएको थियो ।
सापकोटा बन्धुहरूलाई एकताबद्ध बनाउने उद्देश्यका साथ सङ्गठित रूपमा संस्था अघि बढेको जिल्ला कार्यसमितिका सचिव सिताराम सापकोटाले बताए ।
उनका अनुसार आगामी दिनमा समेत सापकोटा बन्धुहरूमा एक ठाउँमा आउनका लागि सदस्यता बुद्धिलाई थप गर्दै लैजाने योजना छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार