काठमाडौँ । चार वर्षीय बालक अपहरण गरेको आरोपमा ललितपुर महानगरपालिका १२ स्थित पाटनबाट प्रहरीले एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भियतनामी नागरिक माई होङ्ग किन्हालन रहेका छन् ।
बिहीबार जिरे भन्ने पल चेपाङ अपहरणमा परेको भनेर उनकी आमाले प्रहरीलाई जानकारी गराएकी थिइन् ।
बालकलाई कलंकीस्थित मेचि गेष्ट हाउसबाट उद्धार गरिएको छ ।
आरोपीले उक्त गेस्टहाउसमा बालकलाई बन्धक बनाएका थिए ।
प्रतिक्रिया