काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेका छन्
आइतबार सिंहदरबारमा सांसदलाई कसरी प्रभावकारी रूपमा अगाडि बढाउने भन्ने विषयमा सचेतकहरूसँग छलफल गरेका हुन् ।
बैठकपछि गठबन्धन दलका मुख्य सचेतक महेश बर्तौलाले गत २४ गतेको बैठकमा विधायनसँग सम्बन्धित विधेयकलाई लिएर संसद्मा उठेको भन्दै त्यसलाई मिलाएर कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको बताए ।
उनले भने,‘अस्ति २४ गतेको बैठकमा विधायनसँग सम्बन्धित विधेयकको बारेमा केही विषय बाँकी थियो । समितिको तर्फबाट एउटा प्रतिवेदन पेस भएको थियो । त्यसका सम्बन्धमा केही मान्यज्युहरुले अझ समृद्ध बनाउन सुझाव दिनु भएको छ । तीनै विधेयकलाई लिएर संसद्मा उठेको कुराहरूलाई मिलाएर कसरी अगाडि बढ्ने भन्ने नै छलफल भयो ।’
त्यस्तै प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक हितराज पाण्डे सरकारले संसद्को विधि, अभ्यास र प्रक्रियालाई मिचेर विधेयक ल्याएको भन्दै सोही विषय छलफलमा राखेको बताए ।
उनले भने,‘सरकारले जसरी हाम्रो संसद्को विधि,अभ्यास र प्रक्रियालाई मिचेर अध्यादेश ल्याएको छ । यो विषयमा हुँदैन भनेर हामी प्रतिपक्ष दलको हैसियतले राखेको छौँ । फेरी पनि सांसदलाई अगाडि बढाउनुपर्छ । भन्ने कुराकानी छ । बाँकी कुरा संसद्लाई कसरी अगाडि लाने भन्ने नै छ ।’
प्रतिक्रिया