अवैध मालसामानसहित चार जना पक्राउ

आइतबार, २७ माघ २०८१
रौतहट : रौतहट प्रहरीको अवैध मालसामान सहित चार जनालाई पक्राउ गरेको छ । प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुबाट राजस्व छलेर भित्र्याएका करिब एक लाख ३३ हजारको मालसामानसहित चार जनालाई पक्राउ गरेको हो । राजदेवी नगरपालिका वडा नम्वर २ का २२ वर्षीय धन्दिप बैठा, १८ वर्षीय शेख अफरोज, मौलापुर नगरपालिका वडा नम्बर ६ का अमरेन्द्रकुमार जयसवाल, बौधीमाई नपा ६ का २० वर्षीय रुपेश यादवलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटले आइतवार जारी गरेको प्रेस नोटमा विआर ०५ इ ४४०२ नम्वरको मोटरसाइकल सहित उनीहरु पक्राउ परेको उल्लेख छ । विभिन्न स्थानमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा भन्सार छलेर ल्याएका स्पेयर पार्टसहरू, किराना सामानहरूसहित चार जनालाई पक्राउ गरिएको हो । पक्राउ परेका मानिस र बारामद सामन आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार