महाकुम्भमा गइरहेको बस सुर्खेतमा दुर्घटना हुँदा ३६ जना घाइते

आइतबार, २७ माघ २०८१
सुर्खेत : सुर्खेतबाट भारतको प्रयागराजमा जारी महाकुम्भमा गइरहेको तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ३६ जना घाइते भएका छन् । रत्न राजमार्गको बबई–हर्रे सडकखण्डको बबईदेखि एक किलोमिटर उत्तर–पश्चिम हर्रेतर्फ भे १ ख ४३३१ नम्बर बस दुर्घटना हुँदा ३६ यात्री घाइते भएका हुन् । प्रहरीका अनुसार घाइतेमध्ये छ जनाको अवस्था गम्भीर छ भने ३० जना सामान्य रहेको र उहाँहरूलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज लगिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माले घाइते सबैको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको र उहाँहरूको पहिचान हुन बाँकी रहेको बताए । बस दुर्घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार