काठमाडौँ : वैदेशिक रोजगारीका लागि जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग १ करोड २३ लाख रुपैयाँ ठगी गर्ने एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बाँकेको बैजनाथ गाउँपालिका–५ की २३ वर्षीया तिर्सना बाठा मगर रहेको प्रहरीले जनाएको छ। उनले वर्किङ भिसामा जापान पठाउने भन्दै रकम असुलेर तीन महिनादेखि फरार रहँदै आएकी थिइन्।
पीडितहरूले उजुरी दिएपछि इलाका प्रहरी कार्यालय, कोहलपुर बाँकेको टोलीले अनुसन्धान गर्दै आइतबार उनलाई पक्राउ गरेको हो। हाल प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया