मिलको फित्तामा लुगा बेरिँदा खोटाङकी एक महिलाको मृत्यु 

सोमबार, २८ माघ २०८१
खोटाङ : मिलको फित्तामा लुगा बेरिँदा खोटाङकी एक महिलाको मृत्यु भएको छ। जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीकी ४५ वर्षीया कमला खड्का आइतबार दिउँसो गाउँमै रहेको कुटानी–पिसानी मिलमा धान पिसाउन जाँदा दुर्घटनामा परेकी थिइन्। स्थानीय प्रहरी चौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएअनुसार, मिलको फित्तामा लुगा बेरिँदा खड्का गम्भीर घाइते भएकी थिइन्। घटना भएपछि स्थानीयले उद्धार गरी उनलाई उपचारका लागि चिसापानी स्वास्थ्य केन्द्र पुर्‍याएका थिए। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे चौकी चिसापानी र जिल्ला प्रहरी कार्यालय खोटाङ दुवै पक्षबाट अनुसन्धान सुरु गरिएको छ। मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइँदै गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार