प्रकृति र अध्यात्मको दोभान हो–शैलुङ। धर्तीकै स्वर्ग शैलुङमा पुग्दा तन र मनमा ऊर्जा भरिन्छ। ३१५० मिटर उचाइको डाँडामा सूर्योदय, सूर्यास्त र हिमाली सौन्दर्यको मिठास पाइन्छ।
दोलखाको शैलुङ गाउँपालिका र रामेछापको दोरम्बा गाउँपालिकामा पर्छ शैलुङ। यहाँबाट २२० डिग्रीमा हिमाली शृङ्खला देखिन्छ। साथै ७० प्रतिशत हिमालहरू यहाँबाट देखिन्छन् ।
तर अहिले पछिल्लो समय हिमालहरूमा हिउँहरू छैन। समयमा हिमपात नहुँदा सेता हिमाल क्रमशः कालो बन्दै गएका छन्। सधैँ जसो चाँदी झैँ टलक्क टल्कने सेता हिमाल काला पत्थरमा परिणत हुँदै गएका छन् ।
गौरीशङ्कर हिमालमा पनि हिउँ नहुँदा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या न्यून छ ।
प्रतिक्रिया