जनयुद्ध दिवसको अवसरमा जुम्लाका दुई पालिकामा बिदा

विहीबार, ०१ फागुन २०८१
जुम्ला । जनयुद्ध दिवसको अवसरमा जुम्लाका दुई स्थानीय तहले बिदा दिएका छन् । सिञ्जा गाउँपालिका र तिला गाउँपालिकाले छुट्टाछुट्टै निर्णय गर्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सिञ्जा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर शाहीद्वारा जारी सूचनामा पालिकाको निर्णय अनुसार कार्यालय तथा मातहतका निकायहरूमा बिदा दिइएको उल्लेख गरिएको छ । त्यस्तै, तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले पनि जनयुद्ध दिवसको अवसरमा पालिकाभित्र सार्वजनिक बिदा दिने निर्णय गरेको पुष्टि गरेका छन् । जनयुद्ध दिवसलाई विभिन्न कार्यक्रमसहित मनाउने तयारी भइरहेको छ । यो दिवस नेपालमा जनयुद्धको सुरुवातको सम्झनामा मनाइँदै आएको छ । विशेष गरी नेकपा माओवादी पृष्ठभूमिका स्थानीय तहहरूले यस दिन सार्वजनिक बिदा दिने गरेका छन् । यस वर्ष जनयुद्ध दिवसका अवसरमा अन्य पालिकाहरूले भने बिदाको निर्णय गरेका छैनन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार