सिन्धुलीमा भैँसीले हान्दा ७५ वर्षीय वृद्धको मृत्यु

विहीबार, ०१ फागुन २०८१
काठमाडौं । सिन्धुलीमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । सुनकोसी गाउँपालिका–३, नौबिसेका ७५ वर्षीय गोपाल घर्तीको मृत्यु भएको हो । हिजो (बुधबार) बिहान करिब ७ बजे माइलो छोरा फडिन्द्र भुजेलको गोठमा घाँस हाल्न जाँदा उनलाई भैँसीले हानेको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ । अचानक भैँसीले बाँधिरहेको किला भाँची वृद्धलाई सिङले हान्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मुचुल्कापश्चात् बेलुका साढे ७ बजे उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार