जङ्गलमा देखा परेको घाइते हात्तीको उपचार

विहीबार, ०१ फागुन २०८१
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रको जङ्गलमा देखा परेको घाइते हात्तीको उपचार गरिएको छ । चन्द्रपुर नगरपालिका–२ स्थित हिले खोलाको पोखरी डाडाको महादेव स्थान सामुदायिक वन उपभोक्ता समूहको जङ्गलभित्र टयाककोलाईज (डार्क) गरी बेहोस बनाएर हात्तीको उपचार गरिएको हो । यहाँको जङ्गल तथा बस्तीमा करिब दुई महिना देखि हात्ती देखा पर्दै आएको स्थानीय टीका आचार्यले बताए । उनका अनुसार हात्तीको दायाँ खुट्टा घाइते भएको अवस्थामा रहेको थियो । हात्तीको कसैले गोली हानेको हुन सक्ने आशका गरिएको उनले बताए । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहा चितवनका पशु चिकित्सक अमिर सडौला र वन्यजन्तु प्राविधिक तीर्थ लामाको टोलिले  घाइते हात्तीको उपचार गरेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक अमिर सडौलाका अनुसार हात्तीको दायाँ खुट्टा घोडा मुनी र घाटीमा धातुको बस्तुले सुनिएको अवस्थामा उपचार गरिएको हो ।हात्तीको शरीरमा भएको घाउ सुक्ने एन्टिबायोटिक दिएर उपचार गरेको उनले जानकारी दिए । हात्ती बेहोस भएको आधा घण्टाभित्र पशु चिकित्सक टोलीले हात्तीको उपचार गरिसकेको थियो । हात्तीको उपचार सकिए लगत्तै  त्यसै स्थानमा छाडिएको थियो । तर स्थानीयले हात्तीलाई नियन्त्रणमा लिएर अन्यत्र स्थानान्तरण गर्ने माग गर्दै आएका छन् । हात्तीको उपचार मात्र गर्ने तर स्थानान्तरण गर्ने जिम्मेवारी आफ्नो न भएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ । उक्त जङ्गली हात्तीको नाम एमगज भएको बुझिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार