बुटवल : रूपन्देहीको कञ्चन गाउँपालिकामा छोराले आमाको हत्या गरेका छन्।
कञ्चन गाउँपालिका-१, सुन्दर टोलका २० वर्षीय सरोज परियारले आफ्नी ४५ वर्षीया आमा पार्वती परियारको हसियाँले प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय सालझुण्डीले जनाएको छ।
घटना गएका राति करिब १ बजे भएको हो। सरोजले आमाको आँखा र हातमा हसियाँले प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ। घटना लगत्तै प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। प्रहरीका अनुसार सरोज मानसिक रूपमा अस्थिर रहेको र विगतदेखि नै समस्या झेलिरहेको बताइएको छ।
घरमा पार्वती र उनका कान्छा छोरा मात्र बस्दै आएका थिए। उनका जेठा छोरा रोजगारीको सिलसिलामा भारतमा रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया