विराटनगर महानगरद्वारा क्रिकेटर राजवंशी र कँडेल पुरस्कृत

शनिबार, १८ चैत्र २०७९
विराटनगर । विराटनगर महानगरपालिकाले दुई जना क्रिकेट खेलाडीलाई नगदसहित सम्मान गरेको छ । शहीद रंगशालामा आयोजित विशेष समारोहमा महानगरले विराटनगर–१४ निवासी क्रिकेटर ललित राजवंशी र दीपेश कँडेललाई सम्मान गरेको हो ।
हालै सम्पन्न डिभिजन–२ क्रिकेटमा राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई विश्वकप क्रिकेटको छनौट (क्वालिफायर)मा पुर्याउन महत्त्वपूर्ण योगदान गरेर विराटनगरको प्रतिष्ठालाई उच्च बनाएकाले नगद १ लाख १ हजार रुपैयाँ राशिसहित सम्मान गरेको हो ।
त्यस्तै कँडेलले पनि हालै युएईमा सम्पन्न युथ–१९ विश्वकप क्रिकेट प्रतियोगिताको छनौट खेलमा युएईविरुद्ध ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाललाई ८ वर्षपछि यु–१९ विश्वकपमा पुर्याउन सफल भएका थिए ।
कँडेलकै कारण नेपाल युथ–१९ विश्वकपमा पुग्न सफल भएको छ । कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राजवंशी र कँडेललाई दोसल्ला ओढाएर जनही १ लाख १ हजार राशिसहित सम्मान पत्र प्रदान गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार