राष्ट्रपति रामचन्द्र पौडेल आज धरान आउदै

शुक्रबार, ०९ फागुन २०८१
धरान : राष्ट्रपति रामचन्द्र पौडेल आज धरान भ्रमणमा आउँदैछन्। धरान–८ स्थित राधाकृष्ण प्रणामी मन्दिर परिसरमा निर्माण गरिएको १६ कोठे धर्मशाला तथा गोपी स्मारक ध्यान साधनालयको उद्घाटन गर्न उनी धरान आउन लागेका हुन्। मन्दिर व्यवस्थापन समितिले आफ्नो ५० औं वार्षिकोत्सवको अवसरमा स्वर्ण महोत्सवको आयोजना गरेको छ। फागुन ९ देखि ११ गतेसम्म चल्ने स्वर्ण महोत्सवमा श्रीमद्भागवत महापुराण, त्रिदिवसीय अखण्ड पाठ, र विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू समावेश गरिने संयोजक नेत्रप्रसाद आचार्यले जानकारी दिए। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न आउने विपन्न र असहाय बिरामीहरूका लागि निःशुल्क आवास तथा सेवाको व्यवस्था गर्ने उद्देश्यले धर्मशाला निर्माण गरिएको छ। समितिका अनुसार 'सेवा नै धर्म' भन्ने भावना अनुरूप धर्मशालामा गरिब तथा असहाय व्यक्तिहरूलाई निःशुल्क भोजन, आवास, र आवश्यक सहयोग प्रदान गरिनेछ। मठ-मन्दिरहरू केवल पूजास्थल नभई समाजसेवाका केन्द्र बन्नुपर्छ भन्ने सोचलाई मूर्त रूप दिन यो धर्मशालाको निर्माण गरिएको संस्थापक अध्यक्ष आचार्यले बताए। धर्मशालाको यो पहलले धार्मिक आस्थासँगै सामाजिक सेवामा उदाहरणीय योगदान दिने विश्वास लिएको छ। राष्ट्रपतिको आगमनका कारण धरान क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ। विभिन्न स्थानहरूमा प्रहरी परिचालन गरिएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार