धरानबाट लागूऔषधसहित ३ जना पक्राउ

शुक्रबार, ०९ फागुन २०८१
धरान : धरान उपमहानगरपालिका वडा नं १५ नीराजन बस्तीमा लागू औषधको कारोबार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय धरानको टोलीले राति १०ः३० बजे मन्दिप राईको घरमा चेकजाँच गर्दा लागू औषध ट्रामाडोलका ७८५ र स्पास्पेनका ८३५ गरी १ हजार ६२० ट्याब्लेट बरामद गरेको हो। प्रहरीले २३ वर्षीय मन्दिप राई २५ वर्षीय, सन्दीप राई र २२ वर्षीय करण थापालाई पक्राउ गरेको छ। उनीहरूलाई इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागू औषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले प्रहरीले निरन्तर निगरानी बढाउँदै आएको बताइएको छ। पक्राउ परेकामाथि लागू औषध नियन्त्रण ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार