बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

शुक्रबार, ०९ फागुन २०८१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आफूलाई नेपाली भएर बाँच्ने आधार दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । शुक्रवार बिहान फेसबुकमा स्ट्याटस लेख्दै उनले भारत, अमेरिका र चीनले हेपेको भन्दै आफूलाई मेयर हो भन्ने बिर्सेर नेपाली भएर बाँच्ने आधार दिन उनले आग्रह गरेका हुन् । ‘प्यारो प्रधानमन्त्रीज्यू, अमेरिकाले भ्रष्ट भनिसक्यो, इन्डियाले भिकारी भनिसक्यो र चीनले मान्छे गन्दैन, मलाई मेयर हो भनेर बिर्सिनुस्, नेपाली भएर बाँच्ने आधार त दिनुस् ? ’उनले लेखेका छन् । यसअघि गए राति नै उनले स्ट्याटस लेख्दै बालेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति कटाक्ष गरेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार