टेक्नोको नवीनतम प्रविधि, डीपसीक एलएलएमले स्मार्टफोनलाई बनायो थप बुद्धिमान

आइतबार, ११ फागुन २०८१
काठमाडौं : स्मार्टफोन निर्माता टेक्नोले आफ्नो स्मार्टफोनहरूमा डीपसीक एलएलएम (लार्ज ल्याङ्वेज मोडल ) एकीकृत गर्दै प्रविधिमा नयाँ उचाइ कायम गरेको छ। यस प्रविधिको समावेशपछि टेक्नोका स्मार्टफोनहरू अझ स्मार्ट, द्रुत र प्रभावशाली बनेका छन्। कम्पनीका अनुसार डीपसीक एलएलएमले भ्वाइस कमाण्ड, स्मार्ट क्यामेरा, द्रुत अनुवाद लगायतका सुविधाहरूलाई थप उन्नत बनाउनेछ। यस प्रविधिले विद्यार्थी, व्यवसायी तथा प्रविधिप्रेमीहरूका लागि दैनिक कार्यहरू सजिलो, छिटो र प्रभावकारी बनाउने दाबी गरिएको छ। नेपालमा किफायती मूल्यमा ठूला डिस्प्ले, शक्तिशाली क्यामेरा र लामो समय टिक्ने ब्याट्री सहितका स्मार्टफोन उपलब्ध गराउँदै आएको टेक्नोले डीपसीक एलएलएममार्फत एआई इनोभेसनमा नयाँ बेन्चमार्क सेट गर्ने लक्ष्य लिएको छ। कम्पनीका अनुसार यस प्रविधिले नेपालका सहरदेखि दुर्गम क्षेत्रसम्मका प्रयोगकर्ताहरूलाई स्मार्ट र कनेक्टेड अनुभव प्रदान गर्नेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार