तर, अमानत मियाँ भने आफूलाई कुनै पैसा नदिएको बताउँछन्। उनी भन्छन, ‘मेरो छोराको नागरिकता बनाउनको लागि सिफारिस लिन गएको बेला सचिवले यसमा पनि सही गरिदेउ भनेकाले सही गरिदिएको थिएँ उनले मेरै छोरा वनाएको भन्ने मैले पछि मात्र थाहा पाएँ। मलाई सचिवले अलमल्याएर सहि गर्न लगाएका हुन् मोस्ताक मेरो छोरो होइन ।’
एक स्थानीयले भने पैसाको प्रलोभन उनीहरु बुवा आमा बनेको र सबै तारतम्य मिलाउने वडा अध्यक्ष आफै रहेको दावी गरे ।
नागरिकता सिफारिस र अन्य अन्य तारतम्य मिलाउन अध्यक्ष अन्सारी र सचिव मण्डलले एक लाखभन्दा बढी भारतीय रुपैयाँ लिएको नाम नखोल्ने शर्तमा एक स्थानीयले बताए ।
उनले भने, ‘वडा अध्यक्ष अन्सारीले नै जिल्ला प्रशासन कार्यालयका कर्मचारीलाई समेत अतिरिक्त रकम दिलाएर नागरिकता बनाइदिएको हो ।’
वडा अध्यक्ष अन्सारीले त्यसदिन कार्यालयमा भीडभाड भएकाले भुलचुकमा त्यस्तो हुन गएको बताए । उनले भने, ‘त्यसदिन कार्यालयमा अलि भीडभाड थियो, सचिवले मलाई कागजदिए, मैले पनि धेरै ख्याल नगरी सहि गरेर पठाइदिए । भुलचुकका कारण हुन गएको हो ।’
सचिव मण्डलले भने,‘नागरिकता सिफारिसमा अध्यक्षले लगाएको तोक आदेशको आधारमा कागजपत्र मिलाएको हो । मलाई यहाँ कसको छोरो को हो भन्ने कसरी जानकारी हुन्छ । मेरो यसमा कुनै दोष छैन ।’
जिल्ला प्रशासन कार्यालय सिरहाबाट २०८० असार २६ गते मोस्ताकको नाममा जारी १५०१८०–४३६२ नम्वरको नागरिक्ता बनेको करिब दशदिन पछि नै स्थानीयहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए ।
उजुरीमा तत्कालिन प्रशासकीय अधिकृत भवेश झाले नजिकको प्रहरी कार्यालयमा पठाइ सत्यतथ्य बुझी आवश्यक कारवाही गर्ने भनी तोक आदेश गरेको थिए । तर, आर्थिक प्रभाव र राजनितिक दवावका कारण अहिले सम्म दोषी उपर कुनै प्रकारको कानुनी कारवाही अगाडि बढाएको छैन्।
स्थानीयले जिल्ला प्रशासन कार्यालय सिरहाबाट मोसताक मियाँ नामका भारतीय व्यक्तिलाई नेपाली नागरिकता प्रदान गरिएको बारे जानकारी गराउँदा समेत जिल्ला प्रशासन कार्यालयले हालसम्म कुनै चासो नदेखाउनुले पनि तलदेखि माथिसम्मको सबै मिलेमतो रहेको आशंका गरिएको छ ।
यस विषयमा जिल्ला प्रशासन कार्यालय सिरहाका सहायक जिल्ला अधिकारी तेजराज बरालसँग बुझ्दा उनले यो घटना आफ्नो नोटिसमा नरहेको बताए । उनले भने, ‘यो विषय मेरो नोटीसमा छैन, म बुझेर तपाइँलाई जानकारी गराउँला ।’
प्रतिक्रिया