काठमाडौँ : नेकपा (एमाले) निकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले १०औँ महाधिवेशनको मिति सरेको छ।
प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा सम्पन्न सचिवालय बैठकले महाधिवेशन आगामी चैत १० देखि १२ गते कोशी प्रदेशको राजधानी विराटनगरमा गर्ने निर्णय गरेको हो ।
चौतारीका महासचिव हिरामान लामाका अनुसार यसअघि फागुन २५ देखि २७ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरिएको थियो ।
तर, पूर्वनिर्धारित समयमा प्रदेश र जिल्ला अधिवेशन सम्पन्न हुन नसकेको कारण महाधिवेशनको मिति सार्नु परेको उनले बताए ।
प्रतिक्रिया