दोस्रो भएकी बिष्टले ३१ हजार, मेडल र प्रमाणपत्र पाइन् भने तेस्रो भएकी चौधरीले २१ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरिन् ।
पुरुषतर्फ आर्मीका खड्गबहादुर खड्का चौथो, हरि रिमाल पाँचौँ, देवराज बस्नेत छैटौँ, प्रेमबहादुर बस्नेत, सातौँ भए । पाँचथरका दिपक सुहाङ आठौँ, धरानका प्रशान्त तामाङ नवौँ र आर्मीका जितेन्द्र दनुवार दशौँ भए ।
महिलातर्फ सशस्त्र प्रहरीकी सीमा चौधरी चौथो, ताप्लेजुङकी सम्पालुङ शेर्पा पाँचौँ, धरानकी कल्पना राई छैटौँ, आर्मीकी पनिशा गुरुङ सातौँ, धरानकी जमुना गुरुङ आठौँ, आर्मीकी अनिता रेग्मी नवौँ र आर्मीकै सकुन्तला विक दशौँ भए ।
चौथौदेखि दशौँसम्म हुने पुरुष तथा महिला धावकले सान्त्वना पुरस्कार स्वरुप नगद पाँच हजार र प्रमाणपत्र पाए ।
प्रतियोगितामा महिला तथा पुरुष गरी ५३४ जना धावकहरुले सहभागिता जनाएका थिए ।
यसैबीच, सहारा हाफ म्याराथनमा नेपालका कीर्तिमानी धावक ओलम्पियन बैकुण्ठ मानन्धर, ओलम्पियनहरु डम्बर कँवर र मेनुका राउत तथा भेट्रान्स धावक बुद्धवीर लामालाई नगदसहित सम्मान गरिएको साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।
खेलाडीहरुको हौशला बढाउन उनीहरु चारपाने आएका थिए । मानन्धरलाई नगद २५ हजार, लामालाई नगद ११ हजार तथा कुँवर र राउतलाई नगद ५ हजार र सम्मानपत्रले सम्मान गरिएको हो ।
सहारा नेपाल साकोसले आफ्नो २८ औँ स्थापना दिवसको अवसरमा प्रतियोगिता आयोजना गरेको हो ।
प्रतिक्रिया