नवनिर्वाचित पदाधिकारीहरूलाई सम्मान गर्दै ढकालले उनीहरूको कार्यकालमा व्यावसायिक अधिकार र हितहरूको संरक्षणका लागि प्रभावकारी पहलकदमीको अपेक्षा गरेको बताए । कार्यक्रममा कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका भरत साह, मेलान विराटनगरका अध्यक्ष दिनेश राउत, पिनका अध्यक्ष दुर्गा भट्टराई, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका कोषाध्यक्ष सुदीप कोइरालालगायतले शुभकामना मन्तव्य दिएका थिए ।
स्वास्थ्य मन्त्रालयका साहले प्रदेश सरकार औषधि व्यवसायीहरूको समस्यालाई सम्बोधन गर्न प्रतिबद्ध रहेको बताए । उनले यस क्षेत्रमा गुणस्तरीय सेवा प्रदान गर्नका लागि सरकार र व्यवसायीहरूबीच सहकार्य आवश्यक रहेको बताए ।
मेलान विराटनगरका अध्यक्ष दिनेश राउतले औषधि व्यवसायीहरूले सामना गरिरहेका चुनौतीहरू सम्बोधन गर्न सामूहिक प्रयासको आवश्यकता रहेको औंल्याए । उनले होली पर्वको अवसरमा व्यवसायीहरूबीच सद्भाव र सहकार्य बढाउन जोड दिए ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले एकअर्कालाई अबिर लगाएर होलीको रौनक थपेका थिए । व्यवसायीहरूले एकअर्कालाई अबिर लगाउँदै वर्षभरि मिलेर काम गर्ने र व्यावसायिक सद्भाव कायम राख्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया