जनकपुरमा उल्लासपूर्वक मनाइयो होली

शनिबार, ०२ चैत्र २०८१
धनुषा : शनिवार जनकपुरधाम लगायत यस क्षेत्रमा उल्लासपूर्वक होली मनाइएको छ । स्थानीयवासीले एकापसमा रङ लगाएर र खुसी साटासाट गरी होली मनाएका हुन् । तराईका अन्य जिल्लामा होली शुक्रवार नै सम्पन्न भए पनि जनकपुरधाममा भने एक दिन ढिलो गरी शनिवार होली मनाइएको हो । मिथिला मध्यमापरिक्रमा उत्सवका कारण यहाँ परम्परागत रूपमा एक दिनपछि होली मनाउने चलन रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले बताए । नगरका विभिन्न स्थानमा मटकाफोर, जोगिरा गायन जस्ता परम्परागत होली कार्यक्रमहरू आयोजना गरिएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार