पोखरा २१ का वडाध्यक्ष दीपक सुबेदीमाथि रडले हान्ने प्रयास

आइतबार, ०३ चैत्र २०८१
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २१ का वडाध्यक्ष दीपक सुबेदीमाथि रड हान्ने प्रयास भएको भिडियो यति बेला सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उक्त भिडियोमा सार्वजनिक जग्गा मिचेर बनाइएको घर टहरा भत्काउन गएका वडाध्यक्ष सुबेदीमाथि एक व्यक्तिले रड हान्ने प्रयास गरेको देखिएको छ । सार्वजनिक जग्गा मिचेर घर टहरा नबनाउन अनुरोध गरिरहेका वडाध्यक्ष सुबेदीलाई आफू ७१ वर्षको वृद्ध बताउने ती व्यक्तिले रडले हान्न खोज्दा त्यहाँ उपस्थित अन्य जनप्रतिनिधि र स्थानीय बासिन्दाले छडले हान्न रोकेको उक्त भिडियोमा प्रस्ट देखिन्छ । त्यसपछि घटनास्थलमा पुगेको पोखरा महानगरको नगर प्रहरी टोलीले सार्वजनिक जग्गा मिचेर बनाइएको भनिएको उक्त टहरो भत्काएको पनि त्यस भिडियोमा देखिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार