मुख्यमन्त्री निर्देशनपछि सेतो अण्डा बरामद गरी नष्ट गर्दै सशस्त्र

आइतबार, ०३ चैत्र २०८१
जनकपुर :  सशस्त्र प्रहरी बलले मधेश प्रदेशसँग जोडिएका नेपाल—भारत खुला सीमानाकाबाट अवैध रूपमा आयात हुने सेतो अण्डा बरामद गरी नष्ट पार्ने क्रम तीव्र बनाएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अवैध ढङ्गले भित्रिने अन्डा, चल्ला, तयारी कुखुरा, कुखुराको मासु, क्रेट, कार्टुन र भ्याक्सिनको ओसारपसार नियन्त्रण गर्न प्रदेशस्थित उच्चपदस्थ सुरक्षा अधिकारीहरूलाई निर्देशन दिए लगत्तै सशस्त्र प्रहरी बलले अभियानकै रूपमा प्रतिबन्धित सेतो अण्डाको ओसारपसार तथा बिक्री वितरणलाई निरुत्साहित हुने गरी सेतो अण्डा बरामद तथा नष्ट गर्ने काम दिनहुँ गर्न थालेको छ । मुख्यमन्त्री सिंहले गत फागुन २१ गते अवैध रूपमा भित्रिने पोल्ट्रीजन्य पदार्थहरूमा रोक लगाउन प्रदेशका उच्चपदस्थ सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएका थिए । उनले योजनाबद्ध तरिकाले पोल्ट्रीजन्य पदार्थको अवैध आयात रोक्न सुरक्षा अधिकारीहरूलाई निर्देशन दिँदै त्यस्ता पदार्थको अवैध आयात हुने नाका र क्षेत्र पहिचान गरी प्रहरी परिचालन गर्नुपर्ने बताएका थिए । उनले पोल्ट्रीजन्य पदार्थको अवैध आयातलाई रोक्न अभियान नै थाल्नुपर्ने र त्यसमा नेपालका पोल्ट्री व्यावसायीसँगै सरोकारवालाहरूले अग्रसरता लिनुपर्ने औंल्याएका थिए । त्यसयता सशस्त्र प्रहरी बलले मात्र गत फागुनमा मात्र ३ सय २४ क्यारेट सेतो अन्डा बरामद गरी नष्ट गरेको छ । चैत २ गते ४५ क्यारेट सेतो अन्डा महोत्तरीमा बरामद गरी नष्ट गरेको सशस्त्र प्रहरी बल मधेश प्रदेश छिन्नमस्ता बाहिनी नम्बर २ मुख्यालयका प्रमुख एवम् सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवजीले बताए । उनले मुख्यमन्त्री सिंहको निर्देशनपछि सशस्त्र प्रहरी बलले नियमित रूपमा गर्दै आएको सेतो अण्डा ओसारपसार नियन्त्रण कार्यलाई अभियानकै रूपमा कडा तथा तीव्र बनाइएको जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार