टी एलायन्स अफ नेपालले पनि चीन सरकारका विशिष्ट अतिथिहरूलाई स्वागत गर्दै चियाको प्रवद्र्धनका लागि सहकार्यलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्यो। टी एलायन्स अफ नेपालको प्रतिनिधिहरूले सन् २०२४ डिसेम्बरमा चीन सरकारको वाणिज्य मन्त्रालय तथा झाङझोउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीको सहकार्यमा चिया व्यवसायीहरूका लागि आयोजित तालिमको महत्त्वलाई उजागर गरेका छन् ।
चिनियाँ राजदूतावासका प्रतिनिधिहरूले नेपालसँगको सहकार्यलाई अझ सुदृढ गर्दै नेपालको चिया उद्योगको विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भ्रमणले नेपाल–चीन सम्बन्धलाई अझ मजबुत बनाउने विश्वास गरिएको छ । इलामको ऐतिहासिक चिया बगान तथा उद्योग अवलोकनसँगै, नेपाल र चीनबीचको कृषि तथा व्यापारिक सहकार्यलाई प्रवद्र्धन गर्ने थप अवसरहरू खोज्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।
प्रतिक्रिया