सल्यानमा बिजुली सर्ट भएर आगलागी हुँदा घर जलेर नष्ट

मंगलबार, १२ चैत्र २०८१
सल्यान : सल्यानको कुमाख गाउँपालिका-५ झारकाँडामा मंगलबार बिहान ३ बजे बिजुली सर्ट भई आगलागी हुँदा ३६ वर्षीय विष्णु कुमाईको घर जलेर नष्ट भएको छ। आगलागीमा घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, भाँडाकुडा, महत्वपूर्ण कागजात, दुई तोला सुन र ७० हजार नगद जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले जानकारी दिए। उनका अनुसार घटनामा करिब ७ लाख ४५ हजार रुपैयाँ बराबरको क्षति भएको छ। आगलागी भएपछि परिवारका सदस्यहरु भाग्न सफल भएका थिए। स्थानीय तथा प्रहरीको सहयोगमा बिजुलीको लाइन काटेर करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो। हाल पीडित परिवार आफन्तकहाँ बसिरहेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार