त्यस्तै, डिआइजी अधिकारीले उत्कृष्ट कार्यसम्पादन गर्ने पाँचथर प्रहरी प्रमुख डिएसपी कौशलकुमार बुढाथोकीसहित विभिन्न युनिटमा रहेर शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा महत्त्वपूर्ण भूमिका खेलेका प्रहरीलाई पुरस्कृत गरेका छन् । डिएसपी बुढाथोकीले पाँचथर जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, प्रहरीको भावी कार्य योजना तथा सुरक्षा चुनौतीका बारेमा डिआइजी अधिकारीलाई अवगत गराएका छन् ।
यसैबिच, निरीक्षण भ्रमणका क्रममा ताप्लेजुङ पुगेका डिआइजी अधिकारीले उत्कृष्ट कार्यसम्पादन गर्ने ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी रवि रावलसहित विभिन्न युनिटमा कार्यरत प्रहरीलाई पुरस्कृतसमेत गरेका छन् । डिएसपी रावलले समग्र जिल्लाको वस्तुस्थितिका बारेमा अधिकारीलाई जानकारी गराएका छन् ।
प्रतिक्रिया