रवीन्द्र र दुर्गालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

आइतबार, १४ बैशाख २०८२

काठमाडौँ : काठमाडौंको तीनकुनेमा भएको आन्दोलन हिंसात्मक बनाएको आरोपमा पक्राउ परेका २४ जनालाई थप सात दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

न्यायाधीश ईश्वरी प्रसाद भण्डारीको इजलासले राज्यविरुद्धको कसुर र संगठित अपराध कसुरमा अनुसन्धानका लागि प्रहरीलाई यो म्याद दिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले २४ जनाविरुद्ध अनुसन्धानका लागि थप सात दिनको समय प्राप्त भएको बताए।

प्रसाईं र मिश्रले हाजिर जमानीमा राख्न माग गर्दै अदालतमा निवेदन दायर गरेका छन्। आइतबारको इजलासमा दुवैले आफ्ना कुरा राखेका थिए। यसअघिको इजलासले बयान र प्रमाण संकलन पूरा भएमा हाजिर जमानीमा रिहा गर्न सकिने जनाएको थियो।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार