इटहरी । इटहरी अव्यवस्थित केबुल तथा इन्टरनेटका तारका कारण पोलमा आगालागि भएको भन्दै इटहरी उपमहानगरले व्यवस्थापन गर्न सम्बन्धित कम्पनीहरूलाई निर्देशन दिएको छ ।
आज (सोमबार) बिहान उपमहानगरमा नगरका जनप्रतिनिधि तथा कम्पनीका प्रतिनिधिहरुबीचको छलफलमा आफ्ना कम्पनीको तार व्यवस्थापन गर्न कार्यवाहक मेयर दिवस पोख्रेलले निर्देशन दिएका हुन् । इटहरीको मुख्य चौक, सङ्गीत चौक, बिपी चौकका धेरै पोलमा दिनहुँ आगलागी भइरहेको बताउँदै कम्पनीले व्यवस्थापन नगरे उपमहानगर आफैँले तार काटिदिने समेत कार्यवाहक मेयर पोख्रेलले चेतावनी दिए ।
‘पोलमा तार झुन्ड्याएर आगलागी हुँदा पनि केही कम्पनी हाम्रो सम्पर्कमा समेत आएका छैनन् । उनीहरू सम्पर्कमा आएर तार व्यवस्थापन गरेनन् भने हामी तार काटिदिन्छौ’ पोखरेलले भने । अव्यवस्थित तारले बजार कुरूप बन्दै गएको भन्दै यसलाई अव्यवस्थित गर्नका लागि परेको पोखरेलको भनाइ छ ।
उनले धेरै कम्पनीले आफ्नो तारमा स्टिकर नलगाएको पाइकाले स्टिकर लगाउन पनि आग्रह गरे । विगत एक हप्ताको अवधिमा इटहरीको मुख्य व्यस्त बजारमा तार सर्ट भएर ४ वटा पोलमा आगलागी भएको छ । आइतबार ९हिजो० मात्र पूर्व लाइन उपमहानगरको गेट नजिकै एक पोलमा आगलागी भएपछि उपमहानगर एक्सनमा उत्रिएको हो ।
Discussion about this post