काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले किसानलाई राज्यले अनुदान दिनै पर्ने बताएका छन् । बुधवार माइतीघर मण्डलामा उखु किसानहरूले गरेको आन्दोलनलाई ऐक्यबद्धता जनाउन पुगेका पूर्व प्रधानमन्त्री भट्टराईले किसानलाई राज्यले अनुदान दिनुको विकल्प नभएको बताएका हुन्।
सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिस्पर्धा गर्न नसकेको पूर्व प्रधानमन्त्री भट्टराईको भनाई थियो ।
उनले भने, ‘ कृषि अर्थतन्त्र धराशायी बनेको छ, हामीले हाम्रै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न पाएका छैनौँ तर बाहिरका वस्तु उपभोग गरिरहेका छौँ । यस्तो बाध्यताको अन्त्य हुन जरुरी छ । ’
पूर्व प्रधानमन्त्री डा. भट्टराईले किसानलाई रासायनिक मल उपलब्ध गराउने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए। उनले लोकतन्त्रमा सडक गतिशील हुनुपर्ने उल्लेख गरेका छन् । ।
Discussion about this post