लोकतान्त्रिक समाजवादी पार्टी सरकारमा सहभागी बन्ने भएको छ । लोकतान्त्रिक समाजवादी पार्टीले पाँच दलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुने निणय गरेको हो।
सत्ता गठबन्धनमा चुनावी तालेमले गरेको कारण नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहने अध्यक्ष महन्त ठाकुरले जानकारी दिए । सरकारमा सहभागी हुने विषयमा शिर्ष नेताहरुको एकमत रहेको अध्यक्ष ठाकुरले जानकारी दिए ।
उनले भने, ‘हामी पनि गठबन्धनको एक पार्ट हौं, त्यसले सरकारलाई समर्थन मात्र होइन, त्यसमा सहभागी नै हुने हो । अब बस्ने कार्यकारिणी समितिको बैठकले त्यसको आधिकारिक निर्णय गर्ने उनले बताए ।
चुनावी समीक्षा पनि भएको छैन, चाँडै नै बैठक बसेर चुनावी समीक्षालगायत संगठनका बारेमा अन्य निर्णयहरु गरिने बताउँदै उनले निर्वाचन आयोगले चुनावको नतिजा सार्वजनिक भएपछि लोसपाको बैठक बस्ने बताए ।
Discussion about this post