सुमो दुर्घटना हुँदा इटहरीका एक पुरुषको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा इटहरी १७ का ४१ वर्षीय रामकुमार खत्री रहेका छन् ।
सोमबार दिउँसो १ बजेको समयमा खोटाङको दिक्तल रूपाकोट मझुवागढी नगरपालिका २ मुडेस्थित मध्य पहाडी लोकमार्ग सडक खन्डमा हुर्लुङबाट दिक्तेलतर्फ आउँदै गरेको को १ ज ३०२७ नम्बरको सुमो आफैँ अन्यत्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सडकबाट ५० मिटर तल झरेको सुमो पल्टिदाँ चालक रहेका खत्री गम्भीर घाइते भएका थिए । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तीव्र गतिमा रहेको सुमो अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि, प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
Discussion about this post