इलाम । प्रतिबन्धित लागूऔषधसहित इलाममा तीन जनालाई पक्राउ गरिएको छ । आइतबार साँझ मेची राजमार्गको इलामको सूर्योदय नगरपालिका ८ को छिपिटार भन्ने स्थानबाट मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा इलाम इलाम नगरपालिका ९ गोल बस्ती बस्ने २७ वर्षका रोशन खवास, फाकफोकथुम गाउँपालिका १ बस्ने २५ बर्षका बिमल लिम्बू र इलाम सन्दकपुर गाउँपालिका ४ माबु बस्ने २७ बर्षका निशान गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।
पक्राउ पर्नेहरुको साथबाट प्र.–१–०२–०४१ प ३४१७ नम्बरको बुलेट बाइक नियन्त्रणमा लिइएको छ । झापाबाट इलाम आउँदै गरेको अवस्थामा उनीहरुलाई खानतलास गर्दा सो सामग्री पक्राउ गरिएको जनाइएको छ ।
उनीहरुको साथबाट खैरो हेरोइन (ब्राउन सुगर) जस्तो देखिने ४ वटा पोका (१९ ग्राम ३३० मिलिग्राम), नियन्त्रित औषधि निट्राजेपम १० एमजीका २६ वटा क्याप्सुल, चुरोटको छ वटा बट्टा, लाइटर, तीन थान मोवाइल लगायतका सामग्री समेत बरामद गरिएको छ ।
Discussion about this post