काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री दाहालले बाढीपहिरोले पुर्याएको क्षतिप्रति दुःख व्यक्त गरेका हुन् ।
उनले बाढीपहिरोमा परी बेपत्ता भएकाहरुको खोजी, उद्धार एवं राहतका लागि सक्रिय रुपमा लाग्न सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारीहरुलाई निर्देशन दिएका छन् । आ–आफ्नो ठाउँबाट सहयोग गर्न आम जनसमुदायलाई अपिल पनि गरेका छन् ।
‘देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछ,’ प्रधानमन्त्री दाहालले भनेका छन्, ‘साथै, बेपत्ताहरूको खोजी, उद्दार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग र राष्ट्रसेवक कर्मचारीहरूलाई निर्देशित गर्दै आ–आफ्नो ठाउँबाट सहयोगका लागि आम जनसमुदायमा हार्दिक अपिल गर्दछु।’
अविरल वर्षासँगै गएराति आएको बाढीका कारण कोशी प्रदेशका विभिन्न जिल्ला प्रभावित भएका छन् ।
ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढीले ठूलो जनधनको क्षति भएको छ ।
ताप्लेजुङमा चार, पाँचथरमा ६ तथा संखुवासभामा १६ जना बेपत्ता भएका छन् ।
Discussion about this post