झापा । लायन्स क्लब अफ बिर्तामोडको अध्यक्षमा संगीता रौनियार चयन भएकी छन् ।
सन् २०२३–२४ का लागि उनी अध्यक्षमा चयन भएकी हुन् । क्लबको निर्वतमान अध्यक्ष बलराम कार्की, प्रथम उपाध्यक्ष निकेशकुमार गट्टानी, द्वितीय उपाध्यक्ष कुशल खतिवडा, तृतीय उपाध्यक्षमा प्रदीप खरेल चयन भएका छन् ।
सचिवमा कृष्णप्रसाद बजगाईं, सहसचिवमा किरण थापा र कोषाध्यक्षमा घनेन्द्रराज खनाल चयन भएका छन् ।
क्लबका टेमर दीपेन्द्र राउतलाई चयन गरिएको लायन्स क्लब बिर्तामोडका पूर्वअध्यक्ष गौरीशंकर गुप्ता टिङ्कुले जानकारी दिए ।
Discussion about this post