काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संयुक्त सरकार बनाउनु पर्ने धारणा सार्वजनिक गरेका छन् ।
मुलुकको अवस्था झन् झन् जटिल बन्दै गएको उल्लेख गर्दै भट्टराईले प्रमुख दल सम्मिलित संयुक्त सरकार बनाउनु पर्ने धारणा राखेका हुन् ।
गत आम चुनाव यताको नेपाली राजनीतिको दिशा र गति झन्झन् उतारचढावपूर्ण बन्दै जानु देश र जनताको निम्ति हितकर नभएको उल्लेख गर्दै उनले विद्यमान निर्वाचन प्रणालीमा अन्तर्निहित अस्थिरता, दलका प्रमुख नेताहरूको अल्पदृष्टि र असीमित महत्त्वाकाङ्क्षा, भूराजनीतिको निरन्तर दृश्यअदृश्य दबाब, राज्यका स्थायी अङ्गहरूको क्षयीकरण, भ्रष्टीकरण आदि यसका प्रमुख कारण हुन सक्ने औंल्याएको छन् ।
‘यस्तो अवस्थामा पालैपालो कुर्सी साटासाटमा समय खेर फाल्नु सट्टा यो संसद्को कार्यकालसम्म प्रमुख दलहरूको संयुक्त सरकार निर्माण, संविधान र कानुनमा आवश्यक सुधार, शान्ति प्रक्रियाका बाँकी कामको समापन, थप जटिल बन्दै गएको भू-राजनीतिको कुशल व्यवस्थापन, जनसरोकारका तात्कालिक मुद्दाहरूको सम्बोधन गर्दा ठिक होला कि? नत्र समयले कसैलाई नपर्खन सक्छ’ उनले सामाजिक सञ्जाल मार्फत् भनेका छन् ।
Discussion about this post