झापा । झापामा प्र १–०१–०१३ प ८९४१ नम्बरको मोटरसाइकलको ठक्करबाट झापामा एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा झापा गाउँपालिका– ६ निवासी ८४ वर्षीय भोलानाथ सिटौला रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
शुक्रबार दिउँसो झापा गाउँपालिका–६ शरणामतीस्थित पन्थपाँडा– शरणामती भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मोटसाइकलले पैदलयात्री सिटौलालाई ठक्कर दिएको थियो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका सिटौलालाई उपाचार लागि बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्तासिटी अस्पताल बिर्तामोडमा लगिएकोमा उपचारकै क्रममा उनको आज मृत्यु भएको प्रहरीले जनाएको छ ।
Discussion about this post