विराटनगर । कोशी प्रदेश सरकारको नेतृत्व आफूले गर्ने निर्णय नेपाली कांग्रेसले गरेको छ ।
नेपाली कांग्रेस कोशी प्रदेश कार्यसमितिको पदाधिकारी बैठकले आइतबार यस्तो निर्णय गरेको हो ।
सभापनि एवं कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाको सभापतित्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
कोशी प्रदेशमा नयाँ सरकारको नेतृत्व गठबन्धन दलको सबैभन्दा ठुलो दल नेपाली काङ्ग्रेस भएको हुनाले पहिलो पटक प्रदेश सरकारको नेतृत्व नेपाली काङ्ग्रेसले गर्ने निर्णय गरेको जनाइएको छ ।
सरकारको नेतृत्व संसदीय दलका नेता काङ्ग्रेस प्रदेश कार्य समितिका सभापति थापाले गर्ने निर्णय बैठकले गरेको एक नेताले बताए ।
Discussion about this post