विराटनगर । लायन्स क्लब अफ विराटनगर शुभमले वृक्षारोपण सम्पन्न गरेको छ ।
सन् २०२३–२४ का लागि शुभमको पहिलो कार्यक्रमअन्तर्गत विराटनगर–२ शंकरपुरस्थित जनता नमुना विद्यालयमा वृक्षारोपण गरेको हो ।
शुभमकी अध्यक्ष उर्मिला थापाको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रियका विजयहरि शर्मा, फष्ट लेडी अनुषा शर्मा, भूतपूर्व गभर्नर रेवतबहादुर कार्की, डिस्ट्रिककी कोषाध्यक्ष अनुजा कोइरालाको सहभागिता थियो ।
यसैगरी, चिफ एरिया को–अडिनेटर रमेश खत्री, शुभमकी संस्थापक अध्यक्ष पदमा रिजाल, एरिया कोअटिनेटर शकुन्तला भट्टराई, चिफ भगवती थापा, भूतपूर्व अध्यक्षसहित विद्यालयका प्रधानाध्यापक ईश्वर घिमिरेलगायतले वृक्षारोपाण गरेका थिए ।
क्लबले वृक्षारोपण, न्यानो कपडा वितरण, विद्यार्थीलाई शैक्षिक सामग्री वितरणलगायतका कार्य गर्दै आएको छ ।
Discussion about this post