विराटनगर । हेवा खोलाको बाढीले पुल बगाएपछि अवरुद्ध बनेको मेची राजमार्गको ताप्लेजुङ–फिदिम खण्ड सञ्चालनमा आएको छ ।
ह्युम पाइप राखेर पुल भएको स्थान नजिकबाट वैकल्पिक रुपमा ‘डाइभर्सन’ बनाएपछि सञ्चालनमा आएको हो ।
उक्त स्थानबाट आइतबार रातिदेखि गाडी चल्न थालेका छन् ।
असार सुरुमै आएको बाढीले हेवा खोलाको पुल बगाएको थियो । त्यसपछि डाइभर्सन बनाएर सञ्चालन गरिएको थियो ।
असार दोस्रो साताको बाढीले फेरि क्षति पुर्याएपछि यातायात आवागमन अवरुद्ध बनेको थियो ।
पहिले पुल भएको स्थानमा सडक डिभिजन इलामले बेलिब्रिज जडान गरिरहेको छ ।
बेलिब्रिज जडान सम्पन्न भएपछि यातायात सञ्चालनमा सहज हुने जनाइएको छ ।
Discussion about this post