इटहरी । नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशका सभामुखका कारण लोकतन्त्र खतरामा परेको बताएका छन् ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ६ मा नेपाली काङ्ग्रेसको क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले विधिको शासनभन्दा माथि रहेर नवगठित सरकार बनेको भन्दै सभामुखखले संविधान मिचेको आरोप लगाए ।
उनले दलबाट सभामुृख चुनिए पनि सभामुख पद तठस्थ रहने भन्दै सरकार बनाउने र गिराउने अधिकार सभामुखलाई नभएको बताए । यसले लोकतन्त्र, विधिको शासन र संविधानमाथि नै प्रश्न उब्जाएको उनको भनाइ छ ।
‘सभामुखले जुन हस्ताक्षर गर्नुभएको छ, त्यो गलत छ’ कोइरालाले भने, ‘पक्ष र विपक्षमा बराबर मत भएमा मात्र सभामुखको मत निर्णायक हुन्छ, तर सरकार बनाउने र ढाल्ने खेलमा सभामुख लागून हुँदैन ।’
नेता कोइरालाले यस्ता क्रियाकलापले विधिको शासन, लोकतन्त्र र संविधान मास्ने काम भएको टिप्पणी गरे ।
नेता कोइरालाले नयाँ दल नयाँ पार्टीका नेतृत्वप्रति समेत टिप्पणी गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दोहोरो नागरिकता र राहदानी बोकेर हिँडेको टिप्पणी गरे ।
सामान्य नागरिकले यस्तो हर्कत गरेको भए जेल जाने तर पावरका कारण सभापति लामिछानेको मुद्दा ओझेलमा परेको बताए ।
Discussion about this post