इटहरी । नेपाल परिवार नियोजन संघको ४४औँ निर्वाचनबाट निर्मला अधिकारी सभापति चुनिएकी छन् ।
शनिबार सुनसरीको धरान उपमहानगर ८ स्थित नेपाल परिवार नियोजन संघ परिसरमा भएको निर्वाचनबाट उनी सभापति चुनिएकी हुन् ।
सभापति पदका तीन उम्मेदवारमध्ये अधिकारीले २६१ मत ल्याइन् । प्रतिद्वन्द्वी सन्तोष सापकोटाले १६२ मत तथा अर्का प्रतिद्वन्द्वी अलिम अन्सारी (सत्रुधन) ले ३२ मत प्राप्त गरेका थिए ।
यौनिक अल्पसंख्यक वा अपाङ्गतर्फ सुनिल खड्का विजयी भए । उनले ३४९ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी बिद्याहाङ लिम्बु सुब्बाले १०४ मत मत मात्र प्राप्त गरे ।
यसअघि कोषाध्यक्षमा सागर प्रसाईं महिला सदस्यमा अगिता राई तथा हरिमाया पिवश्वकर्मा युवा सदस्यतर्फ संस्कृति मस्के, यौन तथा प्रजनन स्वास्थ्य विज्ञतर्फ कला थापा लेखातर्फ प्रेशिका निरौला, कानुनतर्फ बिनोद सुवेदी निर्विरोध निर्वाचित भइसकेका छन् ।
संघमा आजीवन तथा साधारण सदस्य गरि कुल ८२४ सदस्यहरू रहेकोमा निर्वाचनमा ४६५ मत खसेको थियो ।
Discussion about this post