विराटनगर । मेची राजमार्गअन्तर्गत इलाम–फिदिम सडक खण्डमा भएको दुर्घटनामा एकजना पैदलयात्रीको मृत्यु भएको छ ।
फिदिम नगरपालिका ३, लालीखर्कमा फिदिमबाट राँकेतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ख–४८०७ नम्बरको खाली गाडी (लोबेट) ले ठक्कर दिँदा पैदलयात्रुको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार मृतकको परिचय खुलेको छैन ।
गाडीका चालक र सहचालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
मृतकलाई पाँचथर अस्पतालको शवगृहमा राखिएको छ ।
Discussion about this post