विराटनगर । सञ्चारकर्मी सञ्चार सहकारी संस्था विराटनगरले १२ औं स्थापना दिवस अवसरमा चारजना पत्रकारलाई बुधबार पुरस्कृत गरेको छ ।
५१ हजार राशिको तोरेन्द्र–इन्दिरा प्रेस स्वतन्त्रता सम्मान प्रमोद प्रधान, ५० हजार राशिको ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार नवराज कट्टेल, २१ हजार राशिको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार सन्तोष सिग्देल र १० हजार राशिको मीना श्रेष्ठ परिश्रमी महिला पत्रकारिता पुरस्कार रञ्जिता पोखरेललाई प्रदान गरिएको हो ।
विराटनगर महानगर प्रमुख नागेश कोइरालाले पुरस्कृत हुनेहरुलाई दोसल्ला ओढाएर कदरपत्र र नगद हस्तान्तरण गरेका थिए ।
Discussion about this post